मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

मध्यभोटेकोशीको कुल ९० लाख कित्ता अर्थात् ९० करोड रुपैयाँको आइपिओ खुला गरिएको हो। त्यसमध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।

त्यस्तै म्यूचुअल फण्डहरूका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि नै आयोजना प्रभावित र जिल्लाबासीका लागि खुलाइएको आइपिओ बाँडफाँट गरिसकेको छ।

मध्यभोटेकोशी गाउँपालिका वडा नं. १ र ५, बाह्रबीसे नगरपालिका वडा नम्वर ५, ६, ७ र ८ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि १८ लाख कित्ता सेयर बाँडफाँट भएको थियो।

मध्यभोटेकोशी जलविद्युत् सन् २०१० मा स्थापना भएको कम्पनी हो। यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्य भोटेकोशी आयोजना निर्माण गरिरहेको छ। यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ। यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ।onlinenews7.com

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!