काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ भोली शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओको प्रअिलटमेन्टको काम बुधबार सकिएको हुँदा शुक्रबार बाँडफाँड गरिने भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन । यो माग गरिएको भन्दा ३५.६६ गुणा बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिने छ । १० कित्ताका दरले बाँडफाँड गर्दा ७४ हजार ४ सय जनाले मात्रै कम्पनीको आईपीओ पाउने छन् ।

आवेदन दिएका मध्ये २० लाख ३७ हजार भन्दा बढीको हात रित्तो हुनेछ ।अर्थ पथ

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!