काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् । इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका छन् ।

। यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइनमा अभिषेक रिजालसँगै मनीष डाँगी र आयुष घलानले जिम्मेवारी पाएका छन् । नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपाली टोली गोलरक्षक- अर्पण कार्की (कप्तान) डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी स्ट्राइकर- अभिषेक रिजाल

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!