कात्तिक ७ काठमाडौं । देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ ।

सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।

सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।यो पनि पढ्नुहोस

देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशभर सबै प्रदेशका थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!