केही दिनयता नेपाली चलत्रिच तथा म्युजिक भिडियो बजारमा मोडल पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारीबीचको स’म्ब’न्धको चर्चा छ । पल र समीक्षाको स’म्बन्धदे’खि बिहेका सम्झौतासम्मका चर्चाहरुले सञ्चारमाध्यम भरिन थालेका छन् ।

यसले, पल र समीक्षाका फ्यानहरुलाई अ’चम्ममा त पारेको छ ।केही मिडियामा स’म्बन्ध’को चर्चा भएसँगै समीक्षाले लामो स्टाटस लेख्दै पलसँगको प्रेमसम्बन्धी ह’ल्ला कपोलकल्पित भएको बताएकी छिन् ।

समीक्षाले लेखेकी छिन्, ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यूसँग जो’डेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् ।समीक्षाले यस्ता समाचारले आफूहरुलाई सामाजिक र चा’रित्रि’क रुपमा निकै नै अ’सर पुर्‍याएको पनि उल्लेख गरेकी छिन् ।

पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको बताउँदै समीक्षाले आफू उनको फ्यान भएको समेत उल्लेख गरेकी छिन् ।थिईन त्यस्तै समिक्षा पछि पल शाहले पनि यिनै सामाजिक संजालमा चलेका र आफु प्रति लक्षित् समाचारलाइ लिएर आफ्नो व्यक्तिगत धारणा राख्दै शुभचिन्तकलाइ सजग गराएका छन् ।पल शाहले लेखेको स्टाटस जस्ताको तस्तै तल पढ्नुहोस :

नमस्कार
देश बिदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया। बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामिले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ती समूह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो।

मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरु सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरु सँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवन माथी आंच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखि बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र ह’ ‘त्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पुर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु।

मैले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु। गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि ब’दनाम गर्ने र हाम्रो चरित्र ह’ ‘त्या हुने कार्य नगरिदिनुहोला ।
धन्यवाद  – हजुरहरुको पल शाह !!

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!