भाइटीकामा दाजुभाइलाई दिदीबहिनीहरुले दिने ‘भाग’ को अभिन्न अंग हो, भाइमसला । यसमा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत ‘ड्राइ फ्रुट्स’ हुन्छन् । ड्राइ फ्रुट्स सन्तुलित आहारको एक अंश हो । यसलाई सकेसम्म नियमित सेवन गर्नुपर्छ । तर, अक्सर हामी पाएपछि धेरै खाइदिन्छौं । भनिन्छ नि, धेरै खायो भने औषधी पनि विष हुन्छ । ड्राइ फ्रुट्सको अत्यधिक सेवनलेस्वास्थ्यमा हानी पुर्‍याउँछ

तिहारका मसला : के खाँदा, कस्तो फाइदा ? – ड्राइ फ्रुट्स, तिहारमा चेलीले माइतीलाई दिने विशेष कोसेली । काजु, बदाम, नरिवल, किसमिस, ओखरजस्ता थरिथरिका ड्राइ फ्रुट्स त्यसमा समेटिन्छन् । बजारमा अहिले त्यसको मिश्रण नै पाइन्छ, तिहारकै लागि । चेलीले स्नेहपूर्वक दिएको खानेकुरा हामी सहर्ष ग्रहण गर्छौं । यो मिठो हुन्छ र स्वास्थ्यवद्र्धक पनि । तर, कति खाने ? यसमा भने हेक्का राख्नैपर्छ ।

काजु (एन्टि–एजिङ गुण) – काजु भिटामिन ईको राम्रो स्रोत हो । यसमा ‘एन्टी–एजिङ’ तत्व हुन्छ । काजुको सेवनले छाला स्वस्थ राख्छ । केही व्यक्ति काजुको पेस्ट अनुहारमा प्रयोग गर्छन् ।काजुले शरीरमा कोलेस्टेरोल र रगतको सुगरलाई पनि नियन्त्रण गर्छ । तौल घटाउने, टाउको दुख्ने र उच्च रक्तचाप नियन्त्रणमा पनि सहयोग गर्छ ।

बदाम (प्रोटिन, फ्याटी एसिड र फाइबर)  बदाममा भरपूर मात्रामा प्रोटिन, शरीरका लागि जरुरी फ्याटी एसिड र फाइबर हुन्छ । यसले रगतमा हेमोग्लाबिनको मात्रा बढाउँछ । रक्तसञ्चारलाई नियन्त्रण गर्छ । मोटोपना, कोलस्टेरोल, उच्च रक्तचाप, असामान्य रक्तचाप तथा सुगर नियन्त्रणमा सहयोग पु¥याउँछ । नियमित सेवनबाट महिलाहरुलाई स्तन क्यान्सरबाट टाढा राख्न पनि सहयोग गर्छ ।

पास्ता (भिटामिन ई) – यसमा भिटामिन ई भरपूर हुन्छ । यसले छालाको क्यान्सर तथा रगतको सुगर पनि नियन्त्रणमा राख्छ । पास्ता पाचनयन्त्रका लागि रामवाण हो ।  तर, यसको सेवन ठिक्क मात्र गर्दा फाइदा मिल्छ । अत्यधिक सेवनले पेटमा गर्मी पैदा गर्न सक्छ ।

किसमिस (भिटामिन ए, पोटासियम, म्याग्नेसियम, आइरन) –  किसमिसमा हुने भिटामिन ए, पोटासियम, म्याग्नेसियम, फोस्फोरस र आइरनको भरपूर मात्राले एनिमियाबाट बचाउँछ । किसमिसले रक्तसञ्चार नियन्त्रणमा राख्न सहयोग गर्छ । किसमिसको सेवनले आँखालाई ताजा राख्छ, दाँतको रोगबाट बच्ने तथा त्वचालाई उर्बर राख्न मद्दत मिल्छ ।

ओखर (ओमेगा–३ फ्याट्टी एसिड) – यो दिमागकै आकारको छ र विशेषज्ञहरुका अनुसार यसको सेवनले दिमाग तेज हुन्छ । ओखरमा ओमेगा फ्याट्टी एसिड हुन्छ । यसको यो गुणले स्मरणशक्ति बढाउने र हृदयरोगबाट बचाउन निकै उपयोगी हुन्छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!