चीनले अफगानिस्तानलाई थप ५० लाख डलर बराबरको मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कतारको राजधानी दोहामा तालिवानसँगको उच्चस्तरीय छलफलपछि चीनका विदेशमन्त्री वाङ लीले सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । चीनले यसअघि अफगानिस्तानलाई १० लाख डलर सहयोग गरिसकेको छ ।

तालिवान प्रवत्ता जाबिहुल्ला मुजाहिदले चीनले प्रदान गरेको सहयोग औषधी, खाद्यन्नलगायतका अत्यावेश्यक क्षेत्रमा परिचालन गरिने जानाकारी दिए । तालिवानका उपप्रधानमन्त्री मुल्लाह बर्दार र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो वैठकपछि चीनले अफगानिस्तानलाई सहयोग गरेको हो ।

सो अवसरमा अफगानिस्तानको राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल भएको थियो । भेटका अवसरमा चिनियाँ विदेशमन्त्री वाङले तालिवानले अझै धेरै खुला र सहनशीलता प्रदर्शन गर्न जरुरी भएको बताएका थिए ।

चीनको सुरक्षा चासोबारे अफगान तालिवानले ठूलो महत्व दिएको वैठकपछि बरदारले जानाकारी दिए ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!