काठमाडौं । नेपाली राष्टिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थप ३ वर्ष नेपाली टोली सम्हाल्ने भएका छन्।

आज अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल एशोसियसन र अलमुताइरीबीच भएको छलफल पछि अलमुताइरी थप ३ वर्ष नेपाल रहने भएका हुन्।

अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट राख्दै आफू थप ३ वर्ष नेपाल रहने बताएका छन्। कतार फुटबल एसोशियसनलाई धन्यवाद दिँदै अलमुताइरीले आफू नेपाल फर्कने उल्लेख गरेका हुन्।

आगामी २ वर्षका लागि आफ्ना योजनाहरु केही दिनमा सार्वजनिक गर्ने अलमुताइरीले उक्त पोस्टमा उल्लेख गरेका छन्। सन् २०२१ को मार्चमा नेपाल आएका अलमुताइरीले नेपाललाई गत महिना साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए ।

नेपाल इतिहासमा पहिलो पटक साफको फाइनलमा पुगेको थियो । फाइनल अघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका छन् । यद्यपि एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा राखेको छैन ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!