कात्तिक १५ सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका-८ मा रहेको मिलनचोक म्हे-म्हे खेल मैदानमा हिजोबाट सुरु भएको प्रमथ म्हे म्हे स्मृति खुल्ला फुटबल प्रतियोगिता श्री कृष्ण युवा क्लबले विजयी सुरु गरेको छ ।

आज भएको खेलमा श्री सिंहमोती युवा क्लबलाई १-० गोल अन्तरले हराउँदै श्री कृष्ण युवा क्लब अघिल्लो चरणमा प्रवेश गरेको हो । मिलनचोक युवा समाजको आयोजनामा सुरु भएको यस प्रतियोगितामा आयोजक २ टोलीसहित कुल १८ टोलीको सहभागिता रहेको छ ।

खेल नकआउटका चरमा खेलाइने छ । भने खेल ७० मिनेटको हुनेछ । जसमा पहिलो हाफ ३५ मिनेट र दोस्रो हाफ ३५ मिनेटको हुने आयोजकले जनाएको छ ।

साथै यस प्रतियोगिताको विजेताले नगद १ लाख र दोस्रो हुने टोलीले नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।यो पनि पढ्नुहोस

एजेन्सी । स्पेनिस ला लिगा फुटबमा साविक विजेता एथ्लेटिको मड्रिडले सानदार जित निकालेको छ  । एथ्लेटिकोले आइतबार राति भएको खेलमा रियल बेटिसलाई ३-० गोलले हराएको हो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन यानिक करास्को र जाओ फेलिक्सले एक–एक गोल गरे । एथ्लेटिकोले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । बेटिसका जर्मन पेजेलाले आफ्नै पोस्टमा गोल गरेका थिए ।

उक्त जितसँगै एथ्लेटिको ११ खेलमा २२ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । बेटिस भने २१ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!