एउटा अध्ययनका अनुसार जुन पुरुषले लसुन खाने गरेका छन् उनीहरुप्रति महिलाको आकर्षण बढी हुने गर्दछ ।

अध्ययनका अनुसार महिलाहरुलाई लसुन सेवन गर्ने पुरुष पसिनाबाट आउने गन्ध मन पर्ने गर्दछ । वैज्ञानिकहरुका अनुसार महिलाहरु केही यसप्रकारले विकसित भएका छन् कि अब उनीहरुलाई लसुन सेवन गर्न मन परिरहेको छ ।

लसुनमा एन्टिबायोटिक, एन्टीभायरल र एन्टीफंगलको गुण हुने गर्दछ । यस्तोमा पुरुषको पसिनामा आउने लसुनको गन्ध महिलाहरुलाई उनीहरु स्वस्थ रहेको संकेत दिने गर्दछ ।

गार्लिक फर्मका प्रबन्ध निर्देशक नताशा एडवर्डसका अनुसार लसुन मन पराउनेहरुका लागि यो राम्रो खबर हो ।

नताशाले बीबीसी रेडियो ५ सँग भनिन्–मानिसहरु हामीसँग अक्सर सोध्ने गर्दछन् कि यदि हामी बढी लसुन खायौ भने मानिसहरु के हाम्रासाथ बस्न रुचाउने छन् ?

उनी भन्छिन्–हामी सधैदेखि यो कुरा मान्दै आएका छौ कि लसुन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । तर, अब यो अध्ययनपछि यो कुरा अझै प्रमाणित भएको छ। एजेन्सी

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!