प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ ।सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् ।यो पनि पढ्नुहोस

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसन आन्दोलित भएको हो ।

तिहार सकिएलगत्तै सोमबारबाट आन्दोलनलाई निरन्तरता दिएको बारले प्रधानन्यायाधीश जबराकाबारेमा गम्भीर बन्न राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । कालो पट्टी बाँधेर विरोधमा उत्रिएका बार पदाधिकारी र सदस्यहरूले दैनिक धर्ना दिँदै आएका छन् ।

बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् ।

आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । नेपाल बार एसोसिएसनले जबराबारे गम्भीर कदम चाल्न आग्रह गरेको भोलिपल्टै उनले मुद्दा सुनुवाइलाई लयमा फर्काउन खोजेको सन्देश दिएका छन् ।

तर, जबराको यो कदमविरुद्ध नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!