नेकपा एमालेको दशौं राष्ट्रीय महाधिवेशन प्रतिनिधी परिषदको लागी सिन्धुपाल्चोकमा २३ पदका लागी ७६ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । महाधिवेशन प्रतिनिधिका लागी सदरमुकाम चौतारामा रहेको नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा विहिबार उम्मेदवारी दर्ता भएको हो ।

सिन्धुपाल्चोकको प्रतिनिधी सभा क्षेत्र नं. १ मा ४ महिला सहित १२ जना र क्षेत्र नं. २ मा ३ महिला सहित ११ जना महाधिवेशन प्रतिनिधी निर्वाचित हुनेछन् । सो पदका लागी निर्वाचन क्षेत्र नं. १ मा ८ महिला सहित २८ र क्षेत्र नम्बर २ मा ५ महिला सहित ३० र जिल्लाभर ५ जना दलित प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा महिला तर्फ : सकुन्तला माझी, शोभा कार्की, मञ्जु नेपाल, सपना थापा, सिता थापा, देवी तिमल्सीना अधिकारी, हेम गँगा मोक्तान र शुशिला पाख्रीनले उम्मेदवारी दर्ता गर्नुभएको छ । खुल्ला तर्फ भने जेपी सिलवाल, पुरुषोत्तम प्याकुरेल, जरा बहादुर तामाङ, डम्बर बहादुर थापा, दिनेश थापा, भुपेन्द्र श्रेष्ठ, दिल्ली प्रसाद तिमिल्सीना, निम्फुञ्जो शेर्पा, केदार क्षेत्री, यज्ञराज सापकोटा, टपेन्द्र तिमील्सीना, कृष्णप्रसाद सुवेदी, विदुर भारती, चेत कुमार तामाङ, सागर घिमिरे, कृष्ण क्षेत्री, होमनारायण श्रेष्ठ, बादल लामा , कार्कल तामाङ, शँकर बहादुर कार्की, चरी बहादु तामाङ, तामाङ, दिपक सुवेदी, सुर्यवहादुर लामा, नारायण बहादुर तामाङ, आङदोर्जे शेर्पा, कमल नेपाल, युद्धविक्रम लामा तामाङ र भक्तबहादुर पराजुलीले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २अन्तर्गत महिलातर्फ: सुनिता अधिकारी, उमा प्रधान श्रेष्ठ, दुर्गा देवी चालिसे, डोल्मा तामाङ र बालकुमारी सापकोटाले उम्मेदवारी दिनुभएको छ । खुल्लातर्फ भने डबले लामा, चिरन तामाङ, ईन्द्रबहादुर नेपाल, बिष्णुमणी आचार्य, शिबहरी सापकोटा, सुब्बा माझी, नेत्रप्रसाद दंगाल, देवी प्रसाद दुलाल ,कालीबहादुर माझी, फूर्वा लामा ह्योल्मो, गोविन्द प्रसाद सापकोटा, बालकृष्ण देउजा रामचन्द्र बस्नेत, सुभाष कर्माचार्य, ईश्वरी प्रसाद श्रेष्ठ, अशोक चौलागाई, शुक्रराज प्याकुरेल, माधवप्रसाद पाण्डे, मित्रलाल चौलागाई, हस्त पण्डीत, खिल बहादुर गिरी, चन्द्र बहादुर थिङ, झम्कनाथ नेपाल, फईन्द्र बहादुर तामाङ, बलराम शाही, डम्बर बहादुर अर्याल, कृष्ण गोपाल तामाङ, विजय पौडेल, निर्मलकुमार बन्जरा र टासी लामाले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी दलिततर्फ भने राम बहादुर सुनार, चन्द्र धिमालकोटी, सुवास सुन्दास, राजु विक र उमेश विश्वकर्माले उम्मेदवारी दिनुभएको छ । सिन्धुपाल्चोकबाट २ दलित, ७ महिला सहित २३ जना केन्धि महाधिवेशन प्रतिनिधी चुनिने नेकपा एमाले दशौं राष्ट्रीय महाधिवेशन निर्वाचन समिती सिन्धुपाल्चोकका प्रमुख विनोद नेपालले जानकारी दिनुभयो ।

सिन्धुपालचोकमा नेकपा एमालेको १५ हजार ५ सय सँगठित सदस्य रहेको उमाले अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । मँसिर १० देखी १२ सम्म चितवनमा हुने राष्ट्रीय महाधिवेशन प्रतिनिधी छनौट भोली शुक्रबार जिल्लामा सहमतिको प्रयत्न गरिने सहमती नभएका शनिवार १२ वटै स्थानिय तहमा प्रतिनिधी नौटको निर्वाचन हुने निर्वाचन  जनाएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!