म एक निम्न आयश्राेत भएको गरिब परिवारकाे एक सदस्य । घरमा याे अवस्था हुदाँ हुँदै पनि मेरो भविष्यको लागि छाेराले नेपालमै केही गर्ला, अर्काकाे देश खाडीमा गएर अरुकाे गुलाम गर्न नपराेस भन्ने ठूलो आसा मनभरि राखेर आफ्ना रहरहरुलाई त्यो वैदेशिक खाडिमुलुकमा पसिनाले इच्छा,रहर र चाहनालाई पुछ्दै दिन रात नभनि मलाई याे अवस्था सम्म ल्याउनु भएको छ ।

उता बुवाले मेरो छाेराे पनि अब जबान भैसकेको छ । पढाइ पनि पूरा हुन लागिसकेको हाेला अब मेराे  आफ्नै देशमा बस्ने रहर पनि छिट्टै पूरा हुन्छ हाेला भन्दै अनेकौं सपनाहरू बुनिरहनु भएको थियोे । यता रात दिन नभनि एक छाक खाएर भयपनि मलाई उच्च शिक्षा हासिल गराउनु भयाे मेरी अामाले । म यता आफ्नो जन्मभुमि छाडेर आमाकाे रहर र बुवाका सपनाहरुलाई पाेकाे पारेर अर्को जिल्ला, त्यो महङ्गो सहरकाे एउटा बन्द काेठामा बस्न बाध्य भएको छु ।

काेराेना भाइरसका कारणले बिद्यालय कलेज पनि बन्द भएको छ । याे खालि समयमा केही गरौं भनेपनि चारैतिर बन्द छन । यता घरबेटीले भाडा कहिले दिन्छौं बाबू भन्दै कराउनु हुन्छ । काेठा छाडि आफ्नो गाउँ जाउ भनेपनि आफ्नो नैतिकताले दिदाेरहेनछ , जाउ त बसहरु पनि चल्दैनन् ,याे सब साेच्दासाेच्दै मानसिक समस्या हुन्छ कि भन्ने डर पनि लाग्छ ।

तर जिम्मेवारी बाेध बढ्दै गएकाले गरै कि मरै भन्ने अबस्था आईसकेकाे छ । “हामी देशको कर्णधार हौ हामीले नै स्वदेशमा केही गर्नुपर्छ” भन्ने साेच बाेकेका हामी नेपालीकाे सपना  आज कहाँ गयाे थाहा नै भएन ।

हामीले देखेकाे भबिस्य सायद १०/१२ वर्ष पछाडि गईसक्याे । अब लाग्छ ,सहर अनि त्यो महङ्गो काेठा,आफ्ना ती रहर र सपनालाई थाती राखेर बैदेशिक खाडी मुलुकमा जानुबाहेक कुनै उपाय छैन । सायद यस्तै समस्याले गर्दा हुनुपर्छ हाम्रा दाजुभाइ बिदेशीनु परेकाे ।।। यता पढाइको अवस्था हेर्ने हाे भने २ बर्ष भैसक्याे एउटै सेमेस्टर(कलास)मा बसेकाे, फाईनल परिक्षा हुने सुरसार केही छैन ।

यस्तो समस्या जाे काेेहिमा पनि हुन सक्छ त्यसैले नआत्तिनुहाेला तर सजक हुन जरुरी छ । नमस्कार म बिष्णु गोराथोकि काेराेना कहरमा हाम्रो भविष्य अन्योल र के गर्ने र के नगर्ने भन्ने बारेमा विद्यार्थीहरूको समस्य , अबकाे भविष्य कस्तो हुन्छ हाेला भन्ने बारेमा मलाई लागेको र मैले भाेगिरहेकाे केही कुरा लेखेको छु ।

सल्लाह सुझावका लागि मलाई Facebook मा SMS गर्नुहाेला ।।

https://www.facebook.com/lovelybg.kanxoo यदि कसैकाे वास्तविक जिबनमा असर पर्न गएमा म स्वयम् क्षमा चाहान्छु । #corona_virus #stay_safe

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!