कात्तिक २६ काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ आजबाट प्रशारण हुने भएको छ ।

शो मा ६ देखि १४ वर्षका बच्चाहरुले सहभागिता जनाउन पाउने छन् । हिमालय टीभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि शो प्रशारण हुनेछ । शोको ‘ब्लाइन्ड अडिसनको सुटिङ सकिएको छ ।

कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन अमात्य र प्रविशा अधिकारी छन् । शो को निर्देशन लक्ष्मण पौडेलले गरेका छन् ।यो पनि पढ्नुहोस

रेडियो नेपाल अर्थात् रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन आह्वान गरेको हो । जसअनुसार रेडियो नेपालले ३ जना इन्जिनियर, २ प्रशासकीय अधिकृत, २ लेखा अधिकृत माग गरेको छ ।

त्यस्तै, १-१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायन/वाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ ।

रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन खुलेको छ । १/१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि अवसर छ ।

रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!