परिचय – हाल विश्वपि फैलिएको नयाँ काेराेना भाइरसकाे सङ्कर्मणबाट लागेको राेगलाई विश्व स्वास्थ्य सङ्गगठनले काेभिड 19 काे नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घाेषणा गरिएको छ। काेराेना भाइरस श्वासप्रश्वासकाे माध्यमबाट सर्ने राेग हाे। याे सङ्क्रमित व्यक्तिले खाेक्दा वा हाच्छयुँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाकाे माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।याे जनावरबाट सर्ने एक रहस्यमय भाइरस हाे।

यसले समग्र विश्वलाई नै तहसनहस बनाएकाे छ। प्रभाव/असर काेभिडले बिश्भरि प्रभाव पार्ने क्रममा विधार्थिमा पनि प्रत्यक्ष रुपमा प्रभाव पारेको छ।काेभिड महामारीका कारण स्कुल ,कलेज बन्द भए जसका कारण स-साना बालबालिका साथै विधार्थिले पढ्न नपाउनुका साथै घरमै साघुराे ठाउँमा मात्र घुलमिल हुनु पर्दा उनिहरुकाे मस्तिष्क विकास र चरित्र विकासमा नराम्रो प्रभाव परेको छ।स्कुल ,कलेज बन्द भएकै कारण बालबालिकाकाे समय सदुपयोग नहुदा धेरै बालबालिकाले अनावश्यक कामहरु गर्ने र नराम्रा क्रियाकलाप गर्ने गरेकाे पाईन्छ ।

काेभिडकै कारण विधालयमा विद्यार्थिकाे भिडभाडमा कक्षा सञ्चालन सम्भव नहुदा अनलाइन कक्षा धेरै बिद्यालय तथा बिश्वबिद्धालयहरुले अनलाइन सञ्चालन गरिरहेकाे पाईन्छ तर सबै ठाउँका विधार्थिलाई अनलाइनकाे पहुँच नहुदा धेरै बालबालिकाले कलास लिन सकेका छैनन् । त्यसकारण धेरै बालबालिकालाई जाँचमा उर्त्तिण हुन समेत कठिनाइ भएको छ। यही समस्याले गर्दा बालबालिकाहरुमा पिर ,तनाव सिर्जना गरिदिएकाे सहजै अनुमान गर्न सकिन्छ। जसबाट उनिहरुकाे उन्नति र प्रगतिमा पनि नराम्रो असर पुगेको छ।

काेभिडकै कारण विधालयमा परिक्षा सम्भव नहुदा एउटै कक्षामा लामाे समयसम्म पढ्नुपर्ने हुदा उमेर खर्च हुने र आफ्नो सहि उमेरमा आफ्नो अध्यन पूरा गर्न समेत कठिनाइ भएको छ। काेभिडकै कारण देशमा रहेका हाेटल व्यवसाय बन्द हुदा युवाहरु बेरोजगार बस्नुपर्दा जाे काेहिकाे घरमा आर्थिक अभाव हुन पुगि बालबालिकाकाे इच्छा आकंछ्या परिपुर्ति गरिदिन नसक्दा उनिहरुकाे चाैतर्फि विकासमा पनि नकारात्मक प्रभाव पर्न गएको पाईन्छ।

सेवा सुविधा नभएको बिकट क्षेत्रमा जन्मिएका बालबालिकालाई आफ्नो क्षेत्रमा उच्च शिक्षाकाे पहुँच नहुदा आफ्नो क्षेत्रदेखि टाढा गएर पढ्नुपर्दा काेठामा बसेर पढ्नुपर्ने हुन्छ तर काेभिड कै कारण स्कुल कलेज बन्द हुदा आफ्नो सामान काेठामै छाडेर घर फर्कनुपर्ने र पछि गएर काेठा भाडा त्यत्तिकै तिर्नुपर्ने हुदा गरिबीको रेखामुनि रहेका मानिसले बिहान बेलुकी काम गरेर जेनतेन कमाएको पैसा काेठा भाडा तिर्दा सकिएपछि आफ्ना छाेराछाेरीलाई पढाउने पैसा जुटाउन कठिनाइ भएको छ।काेभिडकै कारण भाएकाे सानातिना जागिर पनि छाेडेर घर बस्नु पर्दा घरमा आर्थिक अभाव हुन गई बालबालिकालाई पढ्न र मनाेरञ्जन लिन पनि कठिनाइ सिर्जना गरेको छ।

नियन्त्रणका उपायहरू काेभिडकाे महामारीलाई मध्यनजर गर्दै सबै मानिसले आ-आफ्नो ठाउँबाट सजगता अपनाए भिडभाडमा नजाने ,अनिवार्य रुपमा माक्स लगाउने,वेलावेलामा 20सेकेन्डसम्म मिचिमिची हातमुख धुने,एक अर्का बिच 2मिटरको दुरि कायम गर्ने ,सरकारले काेभिड महामारीलाई ध्यानमा राखि बनाएका नीति नियमकाे सहि सदुपयोग गरि पालना गर्ने र देशको आर्थिक रकम काेभिड नियन्त्रणमा लगानी गरि सबै मानिसलाई खाेपकाे उचित व्यवस्था हुने हाे भने काेभिड विस्तारै नियन्त्रण हुन जान्छ। सल्लाह /सुझाव सबै मानिसले काेभिडकाे अवस्थालाई ध्यानमा राखि सरकारले बनाएका नीति नियमकाे पालना गर्नु अत्यन्तै आवश्यकता देखिन्छ ।

स्थानीय स्तरमा रहेका सर्बसाधारण जनतादेखि लिएर बालबालिका ,विद्यार्थि र उच्च पदमा रहेका व्यक्तिहरु पनि जागरिला भई सरकारलाई धच्धचाई सरकारकाे ध्यान पनि काेभिड नियन्त्रणमा आक्रषण गराई देशकाे आर्थिक रकम काेभिड नियन्त्रणमा परिचालन गरि सबै जनतालाई खाेपकाे उचित व्यवस्था गरि सबै जनताको क्षति हुनबाट जाेगाउन आवश्यक देखिनुका साथै सबै जनताको मनमा रहेको डर /त्रास हटाउनकाे लागि सबैलाई जनचेतनामूलक सन्देश र खाेपकाे व्यवस्था गरि जनतालाई सन्तुष्टि गराउनमा पनि सरकारकाे ध्यान जान आवश्यकता देखिन्छ ।

जसबाट काेभिड नियन्त्रण भएमा विकास निर्माणका काम समयमै सम्पन्न हुने ,विधार्थिले सहजै पढ्नुका साथै ज्ञान आर्जन गर्न सक्ने ,हाेटल व्यवसाय सञ्चालन हुने हुदा युवाहरू बेरोजगार बस्नु नपर्ने र बालबालिकाले पढ्न पाउँदा उनिहरुकाे तिव्र विकास हुनुका साथै राम्रो उन्नति प्रगति पनि हुन्छ ।त्यसैले काेभिड नियन्त्रणमा सबैको ध्यान जान आवश्यक देखिन्छ ।

निश्कर्ष -बिश्वभरि महामारीको रुपमा फैलिएको काेभिड-19 एक जटिल प्रकारकाे राेग हाे। यसले बिश्वमा नै नराम्रो प्रभाव पारेको छ। यसले विद्यार्थिमा पनि प्रत्यक्ष रुपमा प्रभाव पारेको छ।काेभिडकै कारण विधालयमा कक्षा सञ्चालन हुन नसक्दा अनलाइन कक्षा सञ्चालन हुन पुग्याे जसका कारण सबै क्षेत्रमा अनलाइनकाे पहुँच नभएकाले धेरैजसाे विधार्थिले अनलाइन कक्षामा सहभागी हुन नसक्दा जाचँमा सहभागी हुन पनि हो र भएपछि पनि उत्तीर्ण हुन नसक्ने जस्ता समस्या विधार्थिले भाेग्नु परेको छ।

यस्तो समस्या समाधान हुनकाे लागि काेभिड नियन्त्रण भएपछि मात्र सम्भव भएकाले काेभिड नियन्त्रणमा सरकारको ध्यान आक्रषण भई सबै जनतालाई खाेपकाे उचित व्यवस्था गरि धेरै धनजनको क्षति हुनबाट बचाउन आवश्यक देखिनुका साथै जनताले पनि आ-आफ्नो ठाउँबाट सजगता अपनाउन जरुरी देखिन्छ ।

जसकाे कारणबाट काेभिड नियन्त्रण हुन्छ ।त्सपछि काेभिडले सिर्जना गरेका चुनाैतिहरु भाेग्नु पर्दैन । नाेट: मैले जानेका र बुझेका कुराहरु तपाईंको माझमा सम्प्रेषण गरेकाे छु यदि नराम्रो अर्थ लाग्न गएमा म स्वयम क्षमा चाहान्छु , धन्यवाद ।।।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!