एउटा गोरुको मूल्य कति होला ? ५ हजार? १० हजार ? या भनौँ ४० हजार रे ! गाउँघरमा यही मूल्यमा खरिदबिक्री हुँदै आएको छ ।

तर भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारुमा बिक्री भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेलामा उक्त साँढे बिक्री भएको हो। यससँगै यस गोरुले खुबै चर्चा पाइरहेको छ।

साँढेका मालिक बोरेगोदाका अनुसार यो गोरु हल्लीकर प्रजातिको हो। यसको वीर्यको माग धेरै छ। एक डोज वीर्यकै एक हजार भारु पर्ने बोरेगोदाले बताएका छन्।

उनका अनुसार यसको वी’र्यबाट मात्रै बार्षिक भारु २४ लाख आम्दानी हुन्छ। अहिले बिक्री भएको साँढेको नाम कृष्ण हो। यो साढे तीन वर्षको भयो। यसलाई हेर्न आउनेको भीड पनि निकै धेरै भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

बोरेगोदाका अनुसार अहिले यस प्रजातिको गोरु विस्तारै हराउँदै गएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!