महिनाको ४ दिन महिलाहरुले खप्नु पर्ने पीडा ,पेट दुख्दा र रजश्वला हुँदा सहनु पर्ने पीडा जुन शब्दमा बयान गर्न सकिँदैन र यही बेला सहनुपर्ने अपहेलना ।

ए आज त तिमी महिनावारी भइछौ भान्सा मा न आऊ !! ए आज त तिमी महिनावारी भइछौ मन्दिरमा नआउ !! ए आज त तिमी महिनावारी भइछौ बाबा लाई छुन हुँदैन र दाई भाई संग पनि टाढा नै बस !! यि सब कुरा बाट कहिले माथि उठ्न सकिरहेको छैन हाम्रो समाज।

जब पोषड युक्त खाने कुरा खाने बेला आउँछ तब नै गरिन्छ नारीलाई दुर्व्यवहार। महिनाको २६ दिन त्यही नारी ले पकाएको खाने कुरा खान हुने रे अनि महिनावारी हुँदा को ४ दिन चाहिँ नारी ले छोएको पानी नचल्ने रे।

वाह !!हाम्रो समाज आखिर नारी पनि मान्छे नै हो हैं र? नारी होस वा पुरुष दुखाइ सबै को एउटै हो हैन र? कतिपय नारीहरू अझै पनि छाउपडी प्रथा को कारणले र कतिपय नारीहरू प्याड नपाएको कारण ले आफ्नो अमूल्य ज्यान गुमाउन बाध्य भएका छन् के अझै पनि यही सब दुव्र्यवहार सहेर बस्ने हो त?

अब त समाजमा परिवर्तनको लागि आवाज उठाउने हो कि । तैंले मात्र हैन हामी सबै मिलेर गरौँ, भोलि बाट हैन आजै बाट सुरु गरौँ भन्ने भावना लिएर अगाडि बढ्यौं भने हाम्रो समाजले अवश्य पनि विकासको मुहार फेर्ने छ। परिवर्तन आफै आउँदैन हामी सबै मिलेर लिएर आऊ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!