कात्तिक ३० ताप्लेजुङ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको ब’न्दले पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन प्रभावित भएका छन् ।

ब’न्दका कारण सवारीसाधन ठ’प्प हुँदा तीर्थयात्रीले कठिनाइ भाेग्नु परेकाे हाे । सरकारले हालै पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासमा गरेकाे मूल्य वृद्धि विरुद्ध नेपाल क’म्युनिष्ट पार्टीले नेपाल ब’न्द आ’ह्वान गरेकाे हाे ।

ए’क्का’सी ब’न्द आह्वान गरेपछि पाथीभरा मन्दिर प्रवेशद्धारकाे माथिल्लो फेदीमा साेमबार दुई हजार दुई सय भक्तजन राेकिएकाे माथिल्लाे फेदी प्रहरी चौंकीले जनाएको छ । फेदीमा राेकिएका भक्तजनहरू आज सदरमुकाम फुङ्लिङ फर्किनेछन् ।

फेदीदेखि सवारीसाधनमार्फत भक्तजनहरु आ-आफ्नो घर फर्कने गर्छन् । तर, ब’न्दले यातायातका साधनहरु ठ’प्प भएसँगै बिहान पूजापाठ गरेर फर्नने दुई हजारभन्दा बढी भक्तजन फेदीमा राेकिएकाे माथिल्लाे फेदी प्रहरी चौकीका प्रमुख प्रहरी असई लोकबहादुर थापाले बताए ।

ब’न्दले यातायातका साधन ठ’प्प हुँदा पाथीभरा मन्दिर दर्शनमा आउने भक्तजन पनि कम भएकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

पाथीभरा मन्दिरमा दर्शन गरेर फर्कनेहरूको लागि दिउँसो ३ बजेदेखि पाथीभरा क्षेत्रमा सञ्चालन हुने सवारीसाधन सञ्चालन गर्न दिने ब’न्द आह्नानकर्ता तथा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव असल पन्दाकले बताए । ब’न्दका कारण ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार सुनसान भएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!