मंसिर १ काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो ।यो पनि पढ्नुहोस

सोलुखुम्बुमा निर्माण गरिएको माथिल्लो सोलुखोला हाइड्रोपावर कम्पनीले ३३ करोड बढीको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

सोलु खोलामा निर्माण गरिएको २३.५ मेगावाटको कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर जारी गर्ने जनाइएको छ ।

कम्पनीले एनएमबी क्यापिटल मार्फत शेयर निष्कासन तथा बिक्री गर्ने कम्पनीका जनसम्पर्क अधिकृत बद्रीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीले आइपिओ निष्कासनको लागि २०७७ चैत्र १६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

४ अर्ब ५० करोडको लागतमा २०७६ सालको मंसिरमा विद्युत् निर्माण सम्पन्न गरेको हाइड्रोपावर कम्पनीले हाल विद्युत् उत्पादन गर्दै आएको छ ।

आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी रहेको जनाइएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!