गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् ।

उनले झापा चारपाने निवासी निर्माण सिटौलासँग लगानगाँठो कस्न लागेकी हुन् ।​ प्रविशा र निर्माणको विवाह समारोह आगामी मंसिर ५ गते झापामै आयोजना गरिएको छ ।

निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सहमतीमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले बताइन् ।

प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । प्रविशा केही दिन अगाडिबाट सुरु भएको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!