मंसिर १ काठमाडौं नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा, गाउँरनगर, क्षेत्र र जिल्लाको अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय प्रतिनिधिले सिन्धुपाल्चोक जानै नमानेपछि अधिवेशन अनिश्चित बनेको हो ।

२ वडामा विवाद भएको वडा अधिवेशनका लागि जिल्ला कार्यसमितिले हिजो ९मंगलबार० का लागि मिति तोकेको थियो । तर हिजो पनि बाँकी वडामा समेत अधिवेशन हुन सकेन । हिजो वडामा तोकिएका निर्वाचन अधिकृत नै गायव भएपछि वडा अधिवेशन हुन नसकेको जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकका अन्य वडामा भने गत असोज ५ गते वडा अधिवेशन भएको थियो । वडाकै अधिवेशन अनिश्चित भएपछि तोकिएका गाउँरनगर, प्रदेश, क्षेत्र र जिल्लाको अधिवेशन पनि अनिश्चित हुने भएको छ ।

जिल्ला सभापति विकास लामाले आज ९बुधबार० प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रमा पहुँच भएका र केन्द्रीय सदस्य समेत रहेका मोहन बहादुर बस्नेतका कारण अधिवेशन अनिश्चित भएको आरोप लगाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुनिरन्तर संवाद र समन्वयको प्रयास हुँदा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट असहयोग भै समझदारीको वातावरण बन्न नसक्दा खटिएका केन्द्रीय निर्वाचन अधिकृतले जिल्ला जान अस्विकार गरेका कारण अधिवेशन अनिश्चित भएको छ ।

स्रोतका अनुसार आफू अनुकूलको केन्द्रीय निर्वाचन अधिकृत नभएको भन्दै बस्नेतले केन्द्रीय निर्वाचन अधिकृतलाई जिल्ला जान रोकेका हुन् । केन्द्रले सिन्धुपाल्चोकमा देबेन्द्र कोइरालालाई निर्वाचन अधिकृत तोकेका थिए । विभिन्न तहको अधिवेशनका लागि निर्धारित अधिवेशनमा अब के गर्ने भन्ने अन्योल र असहजताको अवस्था उत्पन्न भएकोले जिल्ला कार्यसमिति अत्यन्त चिन्तित र गम्भीर भएको छु, विज्ञप्तिमा भनिएको छ ।

सभापति लामाले जिल्लामा अधिवेशन हुने वातावरण तयार गर्न केन्द्रीय समितिलाई आग्रहसमेत गरेका छन् । सिन्धुपाल्चोकमा कात्तिक ३० गते वडा अधिवेशन, मंसिर ५ गते पालिका अधिवेशन, मंसिर ८ गते प्रदेश सभा निर्वाच क्षेत्र अधिवेशन, मंसिर १२ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १४ गते जिल्ला अधिवेशन तोकिएको थियो ।No description available.

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!