आश्विन २२, २०७७
२०२२ को डाइभर्सिटी भिसा (डिभी) आवेदन कार्यक्रम नेपाली समयअनुसार हिजो रातिको ९:४५ बजेबाट खुला भएको छ. नेपाल स्थित अमेरिका दुताबासले आफ्नो औपचारिक फेसबुक पेजमा जानकारी दिएको छ. बिगत को केहि दिन देखि यो बर्ष कोरोना को कारन ले डिभी खुल्ने कि नखुल्ने अन्यौल भएता पनि आज देखि अब डिभी को आबेदन दीने गरि अमेरिका दुताबास ले जानकारी गराएको छ.

आबेदन दिन लाइ पैसा नखर्च गरि अमेरिका सरकार को औपचारिक वेबसाइत https://dvprogram.state.gov मा गइ संसार को जुन सुकै ठाउ बाट आफै निसुल्क आबेदन दिन सक्नुहुन्छ. पैसा तिरेर आबेदन दिदैमा भाग्य चम्किने कुरा हुँदैन भनेर दुताबासले आग्रह पनि गरेका छन्. डिभी को आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारीहरू दूतावासको वेबसाइट https://np.usembassy.gov गइ हेर्न सक्नु हुन्छ.
आफ्नो प्रतिक्रिया दिनुहोस् !