७ मंसिर,महोत्तरी । दाईजोकै कारणले मधेशमा वर्षेनि संयौ संख्यामा छोरीहरुको अकालमै मृत्यू भईरहेका छन । यसका लागि कयौ संघसंस्थाहरु दाईजोको विरद्ध अभियान समेत चलाईरहेका हामी देख्छौ । ति सबै कार्यक्रमहरु केबल पैसाका लागि मात्र हो की जस्तो लाग्यो । यो संसरमा जातिवादका नारा लगाउनेहरु लाम्वध भेटिन्छन ,तर खैत परिवर्तन । महोत्तरीको बर्दिवासमा भएको यो जोडिको विवाह फरक किसिमले भएको छ । विवाह गर्न केवल १७ मिनेट । जगत गुरु तत्वदर्शी संत रामपाल जी महराज को आसिम कृपाले निजका आनुयायीहरु द्वारा संचालित पूर्ण ब्रम्ह कबीर उपासक समाज नेपालले आज महोत्तरी बर्दिवासमा एक समारोह वीच रौतहटको गढिमाई न.पा.९ गडुडा बस्ने विनयनन्द लाल कर्णको छोरा वर्ष २६ को संदिप कुमार कर्ण र धनुषाको नगरायान नगरपालिका २ को वर्ष २२ की दिपिका कर्ण संग कुनै बैंड बाजा, नकुनै तामझाम ,नकुनै प्रकारको लेनदेन (दहेज मुक्त) विवाह संपन्न भएको छ ।
उक्त समाजले पाखंडवाद अंध विश्वास ,छुवाछुट र दहेज जस्तो सामाजिक कुरीतिहरुको अन्त्य गरी समजमा सदभाव र भाईचारा स्थापना गराऊने गरी मानव अधिकारको पूर्ण पालना गराउने तथा नशामुक्त समाज निर्माण गर्ने मुख्य उद्देश्य रहेको समाज का सदस्य देबशंकर दासले जानकारी दिनु भयो ।
दासका अनुसार अब यस्तो खाले विवाह सबै मानव जातिने गरुन र जातिवादको नारा प्रेम वादमा परिवर्तन गर्नका लागि सबैलाई आग्रह गरेका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !