Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

कोरोना भाइरस नेपाल: सरकारले काठमाण्डूमा सुरु गरेको एन्टिजेन परिक्षणबारे बुझ्नैपर्ने पाँच कुरा

सरकारले काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमण समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन तत्काल परिणाम दिने एन्टिजेन परीक्षण सुरु गरेको जनाएको छ।

Talk Nepal Talk Nepal
कोरोना भाइरस नेपाल: सरकारले काठमाण्डूमा सुरु गरेको एन्टिजेन परिक्षणबारे बुझ्नैपर्ने पाँच कुरा

१८ मंसिर, काठमाडौं । उक्त परीक्षणका आधारमा काठमाण्डूमा “समुदायमा सङ्क्रमणको अवस्था” पत्ता लाग्ने अधिकारीहरूको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाण्डूमा तीन हजार जनामा यस्तो परीक्षण गरिनेछ।

सोमवारदेखि सुरु गरिएको यस्तो परीक्षण काठमाण्डूका विभिन्न भागमा भइरहेको छ।

तर समुदायमै पुगेर गरिएको भनिएको यस्तो परीक्षणमा सहभागी हुनेहरू कम देखिएको कतिपय अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा यस्तो परीक्षणको प्रतिवेदन कागजी रूपमा नपाइने हुँदा पनि कतिपयको आकर्षण नभएको हो।

यद्यपि काठमाण्डू महानगरपालिकामा यस्तो परीक्षण भइरहेका वडाका वडाध्यक्षहरूले चाहिँ परीक्षणमा सहभागिता उल्लेख्य रहेको बताएका छन्।

एन्टिजेन परीक्षणबारे तपाईँले थाहा पाउनुपर्ने पाँच मुख्य कुरा:

१. तत्कालै नतिजा थाहा हुने

यो परीक्षणमा पीसीआर विधिमा जस्तो लामो समय नलाग्ने र तत्कालै परीक्षणको नतिजा आउने अधिकारी र चिकित्सकहरू बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यस्तो परीक्षण गरेको आधा घण्टाभित्र नतिजा आइसक्छ।

उनका अनुसार पीसीआरमा नतिजा आउन कम्तीमा आठ घण्टा लाग्ने गर्छ।

चाँडै नतिजा आउने भएकाले सङ्क्रमित पत्ता लगाउन सजिलो हुने र सङ्क्रमितलाई आइसोलेशनमा राख्न सकिने उनी बताउँछन्।

२. सहजै र जहाँसुकै परीक्षण गर्न सकिने

अधिकारीहरू र चिकित्सकहरू यो परीक्षण सहजै र जहाँसुकै गर्न सकिने बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुनका अनुसार यस्तो परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पनि पर्दैन।

शङ्का लागेको व्यक्तिको स्वाब लिएपछि त्यसलाई पीसीआरका लागि निश्चित तापक्रममा राखेर प्रयोगशालासम्म पुर्‍याउनुपर्छ।

तर यो परीक्षणमा स्वाबलाई ठाउँको ठाउँ एउटा परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिने उनी बताउँछन्।

महिलाले गर्भवती भए/नभएको परीक्षण गरेजस्तै गरी यसलाई परीक्षण गर्न सकिने चिकित्सकहरूको भनाइ छ।

३. भाइरस शरीरमा भए/नभएको हेरिने

कतिपयले एन्टिजेन परीक्षणलाई पनि नेपालमा सुरुमा भित्र्याइएको आरडीटी परीक्षण विधिजस्तै ठान्ने गरेका छन्।

तर आरडीटी र एन्टिजेनमा निकै फरक रहेको चिकित्सकहरू बचाउँछन्।

आरडीटी परीक्षणमा शरीरमा कोरोनाभाइरससँग लड्ने एन्टिबडी विकास भएको छ कि छैन भनेर हेर्ने गरिन्छ।

एन्डिजेन परीक्षणमा भने भाइरस नै छ कि छैन भनेर हेरिने उनीहरूको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डे यो परीक्षणमा शरीरमा भाइरसको तत्त्व छ कि छैन भनेर हेरिने बताउँछन्।

डा. पुनका अनुसार यसमा भाइरसको प्रोटिन हेर्ने गरिन्छ र त्यसैका आधारमा सङ्क्रमित पत्ता लाग्ने गर्छ।

४. प्रभावकारी कति छ?

यो विधिबाट परीक्षण गर्दा शतप्रतिशत निश्चित हुन भने नसकिने चिकित्सकहरूको भनाइ छ।

एकजना जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे तत्कालै आवश्यक पर्दा मात्र यो परीक्षण उपयुक्त हुने बताउँछन्।

“यसले सीटी भ्यालू ३० भन्दा बढी भएको देखाउँदैन भनिएको छ। यद्यपि यो पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएकै परीक्षण विधि हो। तर ३० सीटी भ्यालू माथि नदेखाउने भनेको भर्खरै सङ्क्रमण भएको व्यक्तिलाई सङ्क्रमण नभएको देखाउने सम्भावना रहन्छ।”

“त्यस्तो अवस्थामा उक्त व्यक्तिबाट अन्यलाई सङ्क्रमण सर्ने सम्भावना कायमै रहन्छ।”

सरकारले पनि त्यसै कारणले गर्दा लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि पीसीआर गराउनु पर्ने सिफारिस गर्ने निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।

५. शल्यक्रिया, समुदायमा सङ्क्रमण हेर्न र नाकामा परीक्षणका लागि उपयुक्त

यो परीक्षण विधि आमपरीक्षणका रूपमा नभई तत्कालको तत्कालै रिपोर्ट चाहिने स्थानमा उपयुक्त हुने सरकारी अधिकारीहरू र चिकित्सकहरू बताउँछन्।

जनस्वास्थ्यविद् पाण्डेका अनुसार अस्पतालहरूमा अन्य रोग लागेका र तत्कालै शल्यक्रिया गर्नुपर्नेका हकमा यो उपयुक्त हुने देखिन्छ।

त्यस्तै समुदायमा सङ्क्रमण फैलिएको छ कि छैन भनेर हेर्न पनि यसलाई प्रयोग गर्न सकिने र हाल सरकारले पनि त्यसैका लागि उपयोग गरिरहेको उनी बताउँछन्।

पाण्डे विभिन्न नाकाहरूमा मानिसहरूलाई तत्कालै परीक्षण गर्नुपर्ने हुँदा पनि यो उपयुक्त हुने ठान्छन्।

यो पनि पढ्नुहोस्

स्याङ्जाका प्रहरीले हरेक दिन श्रीमतीलाई ‘आइ लभ यू, बुढी गुड नाइट’ भन्नैपर्ने !

यो पनि पढ्नुहोस्

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

tharu-maghre
banner news

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

मंसिर १८, २०७७
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान
banner news

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

मंसिर १८, २०७७
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो
banner news

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

मंसिर १८, २०७७
कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर १८, २०७७
वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर
banner news

वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर

मंसिर १८, २०७७
प्रचण्ड ओली को भेट: मिलेर चुनाब मा जाउ भनेर ओली को प्रस्ताब
banner news

प्रचण्ड ओली को भेट: मिलेर चुनाब मा जाउ भनेर ओली को प्रस्ताब

मंसिर १८, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 months ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार