Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो

Talk Nepal Talk Nepal
पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो

२२ मंसिर,झापा । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ ।

उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उहाँको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उहाँको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किनुभयो । हाल निजी निवासमा पतिको किरिया बारिरहनुभएकी उहाँको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।

‘यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उहाँ भन्नुहुन्छ, ‘उहाँ ९पति०ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।’ रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिनुभयो ।

वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताउनुभयो । “शुरु कसैले गर्नै पर्छ, सलाम र सम्मान छ भाउजू”, शिवाकोटीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । ‘श्रीमान्ले दिए जति सबै उहाँको मृत्युपछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँड्न सम्भव छैन, त्यसैले उहाँको साहसलाई मान्नैपर्दछ’, सामाजिक सञ्जालमा समर्थन जनाउँदै लोकु चापागाईँले लेख्नुभएको छ ।

रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन् । विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवाकोटीले १०० वर्षपछिको समाजको सोचलाई आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यो पनि याद गर्नुहोला, तपाईँको कुरा काट्नेहरु पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईँको अनुयायी हुनेछन् ।”

रेनुकाका पति स्व केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइन । उहाँ विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउनुहुन्थ्यो । रेनुकासमेत सामान्य गृहिणी हुनुहुन्छ । स्व केशव नेपालका दुई छोरा र दुई छोरी छन् । रासस

यो पनि पढ्नुहोस्

आतंकवादीको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर

यो पनि पढ्नुहोस्

सडकमै सशस्त्रको तालिम, सर्वसधारण सास्ती खेप्दै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

tharu-maghre
banner news

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

मंसिर २२, २०७७
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान
banner news

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

मंसिर २२, २०७७
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो
banner news

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

मंसिर २२, २०७७
कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर २२, २०७७
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी
राजनीति

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

मंसिर २२, २०७७
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे
राजनीति

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

मंसिर २२, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

1 month ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार