२७ मंसिर, धनुषा । सिटी केयर अस्पतालले निःशुल्क स्वास्थय शिविर आयोजना गरेको छ । स्वास्थय शिविर चौतारी नेपाल र आधारभूत मा बी को सहकार्यमा आयोजना गरिएको हो ।
उक्त स्वास्थय शिविर धनुषा जिल्लाको ढलकेबरमा आयोजना गरिएको हो । डॉ इस्वर कार्की को नेतृत्वमा गएको चिकित्सक टोलीले २११ जनाको स्वस्थ्य परीक्षण गरेको छ । साथै औसधि पनि निःशुलक बितरण गरेको सिटी केयर अस्पतालका चिकित्सक डॉ रबी चौधरिले जानकारी दिनु भयो ।
शिविर मा डॉ बिमल महतो , डा सुनील मंडल , नर्स आश्मा चौलागाँय , नर्स रेखा बानिया, फारमेसिस्ट सिद्धार्थ झा लगायत ८ जना स्वाथ्यकर्मीले सेवा दिएका हुन । स्वास्थ्य शिविर मा स्कूलका शिक्षक भुवन शर्मा समेतले सहयोग गरेका थिए ।
चौतारी नेपालले सिटी केयर अस्पताल संग साझेदारी गर्दै स्कूल स्वास्थ्य कार्यक्रम अभियान संचालन गरेको , चौतारि नेपालका अध्यक्ष डॉ हुलास अग्रवालले जानकारी दिएका हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !