५ पुस, संसद बिघटन गरेर मध्यावधि चुनाव घोषणा पश्चात प्रधानमंत्री ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाइ बालुवाटारमा भेटेको छ | बालुवाटारमा भएको भेटमा प्रचण्डले संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भएको बताएका थिए । ‘यसले संसद विघटन मात्र होइन, प्रतिगमनतिर लैजान खोजेको त होइन भने आशंका उत्पन्न भएको छ’ प्रचण्डले भनेका थिए । प्रधानमंत्री ओलीले जे भयो भयो मिलेर चुनाबमा जाउ र जितौ भनेर स्थाई कमिटि को बैठकमा भनेको थिए | बैठक बसेकै बेला प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनाव घोषणा राष्ट्रपतिले गरेको सुचना आए पछि प्रचण्ड उठेर हिडेका थिए |
आफ्नो प्रतिक्रिया दिनुहोस् !