६ पुस, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
मंगलबार बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री आलीले केन्द्रीय कमिटी बैठक बोलाएको बारे नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । तर स्थायी कमिटीले तोकेको समय भन्दा अघि नै प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठक बस्ने घोषणा गरेका हुन् ।
अध्यक्ष ओलीलाई स्थायी कमिटी बैठकले अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !