७ पुस, महोत्तरी । प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बिहान ९ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नुपर्ने भन्दै ढिला सुरु गरिएको छ ।
केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने ओली पक्षका नेताहरुले बताएका छन् ।
उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाहीको निर्णय गर्नु अघि नै स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । जसलाई औपचारिकता दिन आज दिउँसो १ बजे प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ । प्रचण्ड–नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !