शौच गर्न गएकी किशोरी बलात्कृत, युवक पक्राउ

२१ असोज, धनुषा । धनुषाको धनुषाधाम नगरपालिककामा शौच गर्न गएकी किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी यूवक पक्राउ परेका छन । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिकका २० वर्षीय छिमेकी यूवक जिबछ राम रहेका छन । छिमेकले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जानकारीपछि रामलाई मंगलबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धनुषाधाले जानकारी दिएका छन ।शुक्रबार साँझ घर पछाडी शौच गर्न गएकी ती किशोरीलाई छिमेकी युवकले बलात्कार गरेका पीडित परिवारले मंगलबार प्रहरीमा उजुरी दिएका छन् । सोहि उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान धालेको प्रहरी निरीक्षक सुरश ठाकुरले बताए ।पीडित किशोरी र आरोपित युवकको प्रदेश अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गराइएको छ ।

Leave a comment

Your email address will not be published.