सिरहामा दारी ग्याङ्को संगठन विसतार

सिरहा , असोज २१ गते । सिरहामा दारी ग्याङ्को संगठन विसतार भएको छ । दारी ग्याङ सिरहाको संयोजकमा एक कार्यक्रम बिच रंजन गोहिवार र उप संयोजक पारस मनिगोप सर्वदलिय रुपमा चयन भएका छन ।दारी ग्याङको मूल नारा ‘दारी ग्याङले गालामा दारी काधमा जिम्मेवारी’ का साथ ग्याङले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न पक्षमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रति ग्यङको संयोजक रंजन गोहिवारले प्रतिबद्ध दिएका छन ।

ग्याङले रक्तदान , समाजिक कुप्रथा विरुद्ध अवाज उठाउले लगायतका विभिन्न सामाजिक कार्यमा संगठन सक्रिय रहने उनले बताए । सिरहामा थुप्रै पर्यटकयी स्थलहरु भएका कारणले ति स्थानहरुको प्रचारप्रसारमा दारी ग्याङले सहयोगी भूमिका खेलने बताएको छ । यस्तो प्राकृति विपतमा परेका लाई भौतिक ,आर्थिक सहयोग गर्दै जाने र समान उदेश्य बोकेका संस्थाहरु संङ सहकार्य समेत गरिने भएको छ ।

विगत चार वर्षे अघि सामाजिक संजाल बाट शुरू भएको दारी ग्याङ नेपालमा सामाजिक क्षेत्रमा काम गर्दै आएको गैर राजनीतिक समाजसेवा गर्ने समूह बनेको छ । शनिबार सिरहामा गठन भए संगै दारी ग्याङ नेपालका ३४ भन्दा बढी जिल्लाहरुमा विस्तार भएको दारी ग्याङ धनुषाका अध्यक्ष प्रशान्त साहले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.