महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना संक्रमण बढ्दै

२७ असोज, महोत्तरी । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीलाइ कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणमा देखिने क्रम बढिरहेको छ ।
गएराति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सामाजिक सञ्जाल फेसबुक मार्फत सबैलाइ जानकारी गराएका थिए ।
प्रमुख साहलाई चार दिनयता ज्वरो र समान्य रुघाखोकी लागेको थियो । चिकित्सकको सल्लाह अनुसार उनले सोमबार कोरोना परीक्षण गराएका थिए ।
साहले आफ्नो संक्रमण आएकाहरुलाई समेत सचेत भएर बस्न र स्वास्थ्यमा कुनै समस्या भए कोरोना परिक्षण गराउन आग्रह गरेका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी अहिले होम आसुलेसनमा बसेका छन् ।
यसअघि भङ्गाहा नगरपालिका वडा नं–४ का वडाध्यक्ष अशोककुमार महतो पनि कोरोना सङ्क्रमित भएका थिए । अहिले महतो सङ्क्रमणमुक्त भइसकेका छन्
यसैगरी
महोत्तरीको बर्दिबासका सक्रिय पत्रकारहरु पनि कोरोना संक्रमित भएका छन् । शनिबार सम्म बर्दिबासका ४ जना पत्रकारहरु कोरोना संक्रमित भएका थिए ।
पछिल्लो पटक शनिबार मात्रै कान्तिपुरकी महोत्तरी संवाददाता सुनिता बराल कोरोना संक्रमित भएकी छीन् । उनीभन्दा चार दिन अघि बिहिबार राष्ट्रिय समाचार समिति रासस महोत्तरीका संवाददाता गोपाल बराल संक्रमित भएका थिए ।
अहिले पत्रकार गोपाल बराल र सुनिता बराल होम आइसुलेशनमा बसिरहेका छन् । यसअघि अन्नपूृर्णकर्मी राजकरण महतो र न्युज २४ टिभी महोत्तरीका संवाददाता ललन मण्डल संक्रमित भएका थिए । उनीहरु दुवैजना संक्रमण मुक्त भइसकेका छन् ।

Leave a comment

Your email address will not be published.