कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय नांघ्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । बिहिबार सम्म कोरोनाबाट ८ सय १२ जनाको मृत्यू भएको हो । त्यसैगरी पछिल्लो २४ घन्टामा २१ संक्रमितको मृत्यु भएको छ ।

यसैबिच देशभर तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार आठ सय ७७ पुगेको छ ।

हाल दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a comment

Your email address will not be published.