सप्तरीका काेराेना संक्रमित पुरूषको वीपी प्रतिष्ठान धरानमा मृत्यु

सप्तरीका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यू भएकाे छ ।  मृत्यू हुनेमा सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको  हाे ।

 

उच्च रक्तचाप तथा मधुमेहको समस्याबाट पीडित पुरुषमा कार्तिक २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

 

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि पुरुषलाई कार्तिक ३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा  राखिएकाे थियाे ।

Leave a comment

Your email address will not be published.