ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

१२ कात्तिक, काठमाडौं ।   काठमाडौंमा दसैँ अवधिको बेला  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन ।

उनिहरुले सवारी नियम उल्लङ्घन गर्दा कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएको आरोपमा ८ जना चालक र सहचालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

उनीहरूले ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३ हजार रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।

 

Leave a comment

Your email address will not be published.