महोत्तरीमा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको ठूलोपात गाउँपालिका– ९ का २७ वर्षीय असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिका –५ का वर्ष २७ कै मनोज भुजेल रहेका छन् ।
उनीहरूलाइ जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ भिठ्ठामोड स्थित सशस्त्रको चेकपोस्टले शंकालागी चेकजाँच गर्दा भारी परिमाणमा लागुऔषध नाइट्राभेट १० लेखेको ५० पत्तामा १५०० पिस ट्याबलेटसहित पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाइ १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।