बाँके अस्पतालमा उपचाररत २३ को अवस्था गम्भीर

बाँकेको दुई वटा कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर रहेको छ ।
अवस्था गम्भीर रहेका १६ जना भेरी अस्पताल नेपालगञ्जका र बाँकी ७ जना शिक्षण अस्पताल कोहलपुरका रहेका छन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ ।

Leave a comment

Your email address will not be published.