प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा अर्का अध्यक्ष ओली नजाने

काठमाडौं, २१ कात्तिक । पटक पटक पार्टी कमिटीको बैठक बोलाउन आग्रह गरे पनि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष केपी शर्मा ‌ओली बैठक बोलाउन तयार नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय सदस्यहरुको बैठक बोलाएका छन्। तर, प्रचण्डले बोलाएको बैठकमा ओली भने नजाने भएका छन्।

पार्टीमा विवाद चर्किरहेका कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रवार दिउसो तीन बजे सचिवालय सदस्यहरुलाई धुम्बाराही बोलाएका छन्। प्रचण्डको सचिवलयका अनुसार छलफलमा ओलीलाई पनि बोलाइएको छ।

तर, प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले त्यसलाई बैठक नै नमिल्ने दाबी गरे।

‘बैठक बेलाउनका लागि दुई अध्यक्षबीच सहमति हुनुपर्छ। सहमति भएको नै छैन। उहाँहरु घरमा कोठमा कता-कता बस्नुहुन्छ, थापाले भने, ‘त्यसैको निरन्तरता हो, त्यो बैठक होइन्।’

कार्यालयका सचिव श्रीराम ढकालले पनि सचिवालय सदस्यहरु भेटघाटका गर्न लागेको बताए। ‘बैठकभन्दा पनि सचिवालयका कमरेडहरुले भेटघाट गर्न लाग्नुभएको हो। ३ बजे भेट हुने कुरा छ,’ ढकालले भने।

बिहीवार प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो। तर,उत्कर्षमा पुगेको विवादबारे समहति हुन सकेन।भेटमा अध्यक्ष प्रचण्डले ओलीले बुधवार राजिनामा मागेको अभिव्यक्ति र प्रदेश १ को भेलाप्रति आपत्ति जनाएका थिए।

सो क्रममा प्रचण्डले पछिल्ला पार्टी कमिटीको बैठक राख्न माग गरेका थिए। तर, बैठक राख्न ओली तयार नभएको भेटबारे जानकार नेताहरु बताउछन्।

Leave a comment

Your email address will not be published.