एक सय १० केजी गाँजासहित एकजना पक्राउ

२७ कार्तिक , महोत्तरी । महोत्तरीमा जिप चेकजाँच गर्ने क्रममा गाजा सहित एक जना पक्राउ परेको छ । सिमावर्ति क्षेत्र एकडाँडा गाउँपालिका–३ स्थित भटौलियामा ना.३ च ९६२४ नम्बरको जिप चेकजाँच गर्ने क्रममा ११० केजी गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का ३० वर्षीय अम्मरकुमार थिङ बुधबार राति पक्राउ परेका हुन् ।

सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) सुरेश सापकोटाका अनुसार गाँजा बोक्न प्रयोग भएको जिपबाट ३० बोरा चोकर, २ थान मोबाइल, ८ हजार १५० रुपैयाँ नगद समेत बरामद भएको छ ।

एसपी सापकोटाका अनुसार पक्राउ परेका थिङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय जलेश्वरमा बुझाइएको र थप अनुसन्धान भईरहेको बताए ।

 

Leave a comment

Your email address will not be published.