५००० एमएएच ब्याट्री भएको भिभो वाई ट्वेल्भ एस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

१ मंसिर, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले वाई सिरिजमा आफ्को आकर्षक ह्याण्डसेट भिभो वाई ट्वेल्भ एसलाई हङकङमा सार्वजनिक गरेको छ ।

यो स्मार्टफोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यस बाहेक यो नयाँ स्मार्टफोनमा फेस अनलक, फिंगरप्रिन्ट स्क्यानर र तीन वटा क्यामेरा राखिएको छ ।

कति छ मूल्य ?

भिभो वाई ट्वेल्भ एसको मूल्य १०९८ एचके अर्थात १६ हजार ८६४ रुपैयाँ रहेको छ । यो मूल्यमा ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज भेरियन्टको फोन प्राप्त हुनेछ ।

यो फोन प्यान्थम ब्ल्याक र ग्लेसियर ब्लू कलर अप्सनमा खरिद गर्न सकिनेछ । यो फोन नेपालमा कहिले आउँछ भन्ने विषय भने यकिन भइसकेको छैन ।

यस्तो छ स्पेसिफिकेसन

भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा ६.५१ इन्चको एचडी प्लस आईपीएस एलसीडी प्यानल राखिएको छ । जसको रेजोलुसन ७२० बाई १६०० पिक्सेल रहेको छ ।

साथै यो ह्याण्डसेटमा राम्रो पर्फरमेन्सका लागि मिडियाटेक हेलियो पी ३५ प्रोसेसर, ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज दिइएको छ । जसलाई माइक्रो एसडी कार्डको सहयोगमा विस्तार गर्न सकिन्छ ।

साथै यो डिभाइस एन्ड्रोइड टेनमा आधारित फनटचओएस इलाभेनमा काम गर्दछ । कम्पनीले फोटोग्राफीका लागि भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप दिएको छ । जसमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ भने दुई मेगापिक्सेलको सेकेन्डरी सेन्सर रहेको छ ।

यस बाहेक फोनको अगाडि भागमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । भिभो वाई ट्वेल्भ एसमा कनेक्टिभिटीका लागि फोरजी भीओएलटीई, वाईफाई, जीपीएस, ब्लुटुथ भर्सन ५.० र ३.५ एमएम हेडफोन ज्याक जस्ता कनेक्टिभिटी फिचर रहेका छन् ।

यसका साथै यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री समेत राखिएको छ । कम्पनीले गत अक्टुबरमा भिभो भि ट्वान्टी सार्वजनिक गरेको थियो ।

Leave a comment

Your email address will not be published.