युरोपियन नेशन्स लिग फुटबल खेलमा फ्रान्सले स्वीडेनमाथि जीत

एजेन्सी, ३ मंसिर । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि ४–२ को जीत निकालेको छ । फ्रान्सको जितमा ओलिभर जिरुडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे । स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल फर्काए ।

खेलको चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल र्गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । १६ औं मिनेटमा जिरुडले फ्रान्सका लागि बराबरी गोल फर्काए । खेलको ३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ ले अघि बढ्यो । जिरुढले ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनले फ्रान्सका लागि ४४ गोल गरेका छन् ।

खेलको ८८ औँ मिनेटमा क्वाइसनले स्वीडेनका लागि अर्को गोल थपे भने इन्जुरी समयको चौथो मिनेटमा किङ्गस्ली कोम्यानले गोल गरेपछि फ्रान्स ४(२ ले विजयी भयो ।

विजयी भएको फ्रान्स समूह ए थ्रीको शीर्ष स्थानमा छ भने स्वीडेन रेलिगेशनमा परेको छ । फ्रान्स यसअघि नै आगामी वर्षको नेशन्स लिगको फाइनल चरणका लागि छनौट भएको थियो ।

Leave a comment

Your email address will not be published.