देशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाहेक अन्य भूभागकाे मौसम भने सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ ।
शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
अहिले बिहान देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको र अन्य भूभागमा बिहानको मौसम पनि सामान्यता सफा रहेको महाशाखाले जनाएको छ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाकाे भनाइ छ ।