अस्ताउँदाे सूर्यलाइ अर्घ दिँइ छठ पर्व मनाइँदै

छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइंदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिन मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको थियाे । कोरोना महामारीका कारण यसवर्ष विगतका वर्षहरूमा जस्ताे छठ पर्वमा यस वर्ष कुनै राैकन छाएकाे छैन ।

छठ पर्वको पहिलो दिन नहाय खाय अर्थात नुहाएर खाने विधि गरिन्छ । दोस्रो दिन हिजाे कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) चन्द्रमालाइ चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र घरका अन्य सदस्यलाइ दिने गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन अाज कठोर निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान छ । साँझमा घाटमा गएर अर्घ्य दिने भएकाले यस दिनलाइ संझिया घाट भनिन्छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । यस वर्ष उदाउँदो सूर्यलाइ शनिबार अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

केही वर्ष अघि तराईको सीमित क्षेत्रमा मनाइने छठ पर्व अहिले देशका विभिन्न भु भाग र जातजातिले मनाउने गरेकाेले याे पर्व सबैकाे साझा पर्व बनेकाे छ ।

Leave a comment

Your email address will not be published.