७ मंसिर,एजेनसि । ग्वाटेमालामा सरकार विरोधी प्रदर्शनकारीले संसद भवनमा आगो लगाएका छन् । संसदले बुधबार राति पारित गरेको बजेटको विरोधमा विपक्षीले संसद् भवनमा तोड्फोड गर्दै आगो लगाएका हुन् ।
बीबीसीले उल्लेख गरे अनुसार विपक्षीले खाली भएको अवस्थामा संसद भवनमा लगाएको आगो १० मिनेटमै निभाइएको थियो ।
आगो निभाए पनि क्षतिको विवरण भने आएको छैन । संसद भवनको एक क्षेत्रमा सयौँ प्रदर्शनकारी छिरेर छोडफोड तथा आगजनी गरेका हुन् ।
उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको थियो । विपक्षीले राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन्