बर्दिवास नगरपालिका भित्रको अव्यवस्थित बसोबासलाई ब्यवस्थित बनाउन गृहकार्य सुरु

२० मंसिर,बर्दिवास ।महोत्तरीको बर्दिबास नगरपालिका भित्र रहेका अव्यवस्थित बसोबासलाई ब्यवस्थित बनाउन गृहकार्य सुरु भएको छ । प्रदेश न.२ को भुमी आयोग जनकपुरसँग सम्झौता भएपछी नगरपालिका भित्र अव्यवस्थित बसोबास गरिरहेका हजारौ सर्वसाधारणले आगामी मंसिर २४ गते नापी सहित धनी पुर्जा पाउनेछन ।
नगरपालिकाका नगरप्रमुख बिदुर कार्की र गिरिराजमणि पोखरेलले भुमी आयोगका अध्यक्ष देबि ज्ञवालीसग छलफल गरेपछी बर्दिबास नगरपालिकाका अव्यवस्थित भुमिलाइ नापी तथा धनीपुर्जा बितरण गर्न सहमत भएको हो ।

लामो समयदेखी मुख्य मुद्दाको रुपमा बिचाराधिन रहेको नगरपालिका भित्रको अव्यवस्थित बसोबासलाइ ब्यवस्थित बनाउन जनप्रतिनिधिहरुलाइ सर्वसाधारणहरुबाट ठूलो दबाब पर्दै आएको थियो ।

बिहिबार नगरप्रमुख बिदुर कार्की र मन्त्री गिरिराजमणी पोखरेलले भुमी आयोगका अध्यक्ष देबि ज्ञवालीसग नगरपालिका भित्रको अस्तब्यस्त बसोबास र त्यसबाट उत्पन्न भैइरहेको समस्याको बिषयमा अवगत गराएपछी बर्दिबासको अव्यवस्थित भुमिलाइ बैधता प्रदान गर्न गृहकार्य अगाडि बढाउने र २४ गते प्रदेशको भुमी आयोगसँग सम्झौता गर्ने सहमती भएको छ ।

Leave a comment

Your email address will not be published.