बसको ठक्कबरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु !!!!

२३ मंसिर,ढल्केवर (धनुषा) । धनुषाको विरेन्द्रबजारमा एक यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरका अन्दाजी बर्ष ३७ को विवेक बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना.५ ख. ६१२३ नम्बरको यात्री बाहक बसले ढल्केवरबाट गोदारतर्फ गइरहेको ज.११ प. ९५८८ नम्बरको मोटरसाइकलमा सोमबार राति अन्दाजी ११ बजे ठक्कर दिएको थियो । पोष्टमार्टमका लागि मोटरसाइकल चालक विवेकको शबलाई प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।

Leave a comment

Your email address will not be published.