छोरीलाई दाइजो होईन शिक्षा देउ’ महाराजगन्ज निक्ले ¥याली

धनी राम कोरी
२३ मंसिर,कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न . १ पिपरी गाउँमा लैङ्गकि हिंसा विरुद्ध ¥याली कार्यक्रम समपन्न भएको छ । दलित सामाजिक विकास केन्द्रले १६ दिने लैङ्गकि हिंसा विरुद्धको अभियानको आज १४ औं दिन ¥याली कार्यक्रम गरिएको छ ।


पिपरी किशोरी समूहको आयोजना ,दलित सामाजिक विकास केन्द्र र केयर नेपाल को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
“अब मेरो पालो”परियोजना अन्तरगर्त ¥याली कार्यक्रममा स्थानिय किशोर किशोरीहरु को सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा सक्षम किशोरी सक्षम संसार , लैङ्गकि हिंसा बन्द गरौ , बाल बिबाह अन्त्य गरौ , छोरीलाई दाइजो होईन शिक्षा देउ र छोराछोरी बीच भेदभाव बन्द गरौ बन्द गरौ लेखिएको प्लेकार्ड हातमा लिएर किशोरकिशोरीहरु पिपरी गाउँमा परिक्रमा गरेर ¥याली सम्पन्न गरिएको सामाजिक परिचालन परशुराम निगमले जानकारी दिएको हो ।

 

Leave a comment

Your email address will not be published.