टीकापुर घटनाः  रेशम चौधरीसहित ८ जनालाई सुनायो जन्मकैदको फैसला

३ पुस, महोत्तरी । उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनाको कारण उनीहरुलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको हो ।

उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार यो फैसला सुनाएको हो ।

थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि उच्च अदालतले जन्मकैदको फैसला सुनाएको छ । यसअघि थारूलाई जिल्ला अदालत कैलालीले तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

उच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला सदर गरेको बारे उच्च अदालतका रजिष्ट्रार सीता रेग्मीले जानकारी दिइन् ।

जन्मकैदको सजाय हुनेमा लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।

सो घटनामा कैलाली जिल्ला अदालतका तत्कालीन न्यायाधीश पर्शुृराम भट्टराईको इजलासले २०७५ फागुन २२ गते रेशमसहित १० जनालाई जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो । घटनामा संलग्न भनिएका श्रवण चौधरी नाबालक भएकाले उनलाई भने आधा कैद अथवा १० वर्ष मात्रै कैदको फैसला भएको थियो ।

२०७२ साल भदौ ७ गते टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाले उच्च अदालत दिपायलमा २०७६ सालको वैशाखमा पुनरावेदन परेको थियो ।

प्रतिवादी रेशमलाल चौधरीसहितको तर्फबाट अधिवक्ता गम्भीर सिँह ऐर, गजेन्द्र बहादुर केसी, गंगाराम पाध्याय, नाथ’राम महतो र काठमाण्डौंबाट आएका २ जना गरी ६ जना अधिवक्ताले बहस गरेका थिए ।

भने वरिष्ठ अघिवक्ता राजेन्द्र सिँह साउद, अधिवक्ता विष्णू भट्ट, सरकारी वकिल टेकबहादुर थापा सहितका तीनजना गरी पाँचजनाले मुद्दामा वादीका तर्फबाट बहस गरेका थिए ।

 

Leave a comment

Your email address will not be published.