३ पुस, काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति गोलबहादुर थापा पक्राउ परेका छन् ।
गोरखाको साविक ताकु गाविस २ घर भई हाल ललितपुर बस्दै आएका ५५ वर्षीय गोपालबहादुर थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
२०७६ साल मंसिर ११ गते सर्वोच्च अदालतले थापालाई एक वर्ष कैद र ३६ लाख जरिवाना ठहर गर्दै फैसला गरेको थियो । फैसला सकेको केही दिनपछि नै फरार भएका थापालाई काठमाडौं महानगरपालिका १४ धुम्बाराहीबाट बिहीबार पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
आज थापालाई बेरुजी रहेको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको छ ।