काठमाडौंमा जोर-बिजोर प्रणालीमा बस चल्नेबारे यस्तो भयाे निर्णय !

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा विस्तारै खुकुलो हुँदै गएको छ ।

गत सातादेखि विभिन्न कार्यालय, पसलहरुसँगै प्राइभेट गाडीहरु जोरबिजोरमा सञ्चालनमा आइसकेका छन् ।

यसबीच उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ ।

यद्यपि, गाडी सञ्चालन हुने दिने या नदिने भन्नेबारे सोमबार अनितम निर्णय हुने भएको छ । सार्वजनिक यातायात के गर्ने भन्नेबारे भोलि दिउँसोसम्म निर्णय भइसक्ने बैठककको निश्कर्या छ ।

कोरोना संक्रमणदर केही कम भएसँगै देशभर निषेधाज्ञा खुकुलो बनाइँदै गएको हो ।

Leave a comment

Your email address will not be published.